Lirik Lagu Birsiney Hau Ki The Elements

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

मुस्कान, तिम्रो मुस्कान याद भो
घाम ढल्केझैँ मन अँध्यारो भो
तस्बीर, तिम्रो तस्बीर बाँकी भोसपनामा तर्सेझैँ मन आत्तियो

ओत लिए बर्सियो झरी
सिमसिमे पानी लाग्छ बाढी
कतै फर्किन्छौ त मतिरै तिमी?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?

चञ्चल, यो चञ्चल मन तिम्लाई नै खोज्छ
भेट्दैन जब अनि याद खोतल्छ
हाम्रा दुई आँखा लुकामारी खेल्छन्
जूनले घाम नचिनेझैँ चिन्दैनन्

चुट्टेको डोरीलाई के-कसरी बाँध्ने?
साट्ने हो, कि यो माया नै त्यागिदिने?
समय चाहिए लेऊ, घडी नै रोकिदिएँ
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?

Ooh, Ooh, Ooh, Ooh-ooh-ooh-ooh
Oh, Oh, Oh, Oh-oh-oh-ooh

ओत लिए बर्सियो झरी
साट्ने हो, कि यो माया नै त्यागिदिने?
कतै फर्किन्छौ त मतिरै तिमी?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?
 

 
  The Elements   Reposted by Admin  120x     2024-12-23 12:05:18

post a comment